काठमाठौँ । काजकिस्ताको अस्तानामा हुने खुला तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न दुई अन्तराष्ट्रिय निर्णायक सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
यही साउन २७ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न नेपालका विक्रम खड्गी र विकेश विडारीले त्यहाँ प्रस्थान गरेका हुन् । दुवै जना एसियाली तेक्वान्दो युनियन (एटीयू)बाट छनोट भएको बताइएको छ ।
खड्गी र विडारी काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका क्रमशः अध्यक्ष र उपाध्यक्ष हुन् । खड्गी तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारीमा पनि छन् ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा विदाई गरे ।

प्रतिक्रिया