रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ । बैठकमा पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र

सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुँदैछ ।