पतञ्जली जग्गा प्रकरणः पूर्वसचिव पन्तसँग विशेषले माग्यो ५ लाख धरौटी


काठमाडौं । विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा तत्कालीन भूमिसुधार सचिव छविराज पन्तसँग ५ लाख रूपैयाँ धरौटी मागेको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तसँग ५ लाख रूपैयाँ धरौटी मागेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन् ।

पन्तले तत्कालीन अवस्थामा पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पन्तविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।