काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न सूचना जारी गरेको छ ।
कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गरी सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न समय तोकेको हो । ती सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न ऋणीहरुलाई भनिएको हो ।
सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।


प्रतिक्रिया