नेप्सेमा १८ अर्ब ४९ करोडको कारोबार


काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बिहीबार नेप्से ३ दशमलव ७६ अङ्कले बढेर २ हजार ९ सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, होटल, जलविद्युत्, लगानी, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भी इनर्जी, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार सामान्य बढेको दिन मञ्जुश्री फाइनान्स कम्पनीको डिबेन्चर ४ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ३२८ कम्पनीका ३ करोड ८९ लाख कित्ता शेयर १८ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ ।