निर्यातमा इतिहासकै उच्च बिन्दु हासिलः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले यसवर्ष दुई खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न सफल भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘यसवर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ । २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो । गतवर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।’