कर्ण थापाको अपीलः स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौं


काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले घृणा, अपमान र निषेधको अन्त्यका लागि नयाँ संकल्प गर्न कार्यकर्तालाई अपील गरेका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिन गरेको निर्णयप्रति आपत्ति जनाउँदै जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौं । स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौं । हरेक विवेकशील एमाले कार्यकर्तासँग हार्दिक अपील गर्दछु ।’

दुई दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा नफर्किई अभिभावकका रूपमा बस्न आग्रह गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकको निर्णयप्रति थापाले असहमति जनाएका छन् ।