काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फाष्टट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उव्जाएको बताएका छन् ।
बुधबार सामाजिक संजालमार्फत कोइरालाले पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरह्को स्थितिमा भूमि विधेयक फास्टट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उव्जाएको बताएका हुन् ।
उनले भनेका छन्, ‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्टट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन ।’
उनले पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानबिन गर्न र भूमि विधेयकमा समितिमा गहन छलफल गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया