२४ घण्टामा २० घण्टासम्म देश र पार्टीको लागि खट्न सक्ने ओलीलाई हेरेर उमेर हद हटाइयोः उषाकला राई


काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकला राईले दुई कार्यकाल र ७० वर्षको हदम्याद हटाउनु ठिक रहेको बताएकी छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा मंगलबार राईले दुई कार्यकाल र ७० वर्षको हदम्याद हटाउनु ठिक रहेकी बताएकी हुन् ।

उनले भनेकी छन्, ‘विधान संशोधन सम्बन्धमाः दुई कार्यकाल र ७० वर्षको हदम्याद हटाउन ठिक छ। यसको पुष्टि हो हरेक राजनीतिक निर्णय आवश्यकता र सापेक्षतामा निर्णय हुने गर्दछ। हाम्रो पार्टी अध्यक्ष केपी ओली लाई नै हेरेर यो निर्णय गरिएको हो। त्यसमा केही अप्ठ्यारो मान्नु पर्दैन । किनकी केपी ओली २४ घण्टामा १८ घण्टा होइन २० घण्टासम्म देश र पार्टीको लागि खट्न सक्नुहुन्छ । खटिरहनु भएको छ। जुन सर्वसाधारण व्यक्तिले गर्नै सक्दैन। २० वर्षको युवाले पनि त्यसरी खट्न सक्दैन। अद्भुत मान्छेको नाम हो केपी ओली।’

यस्तो छ राईले बैठकमा राखेको धारणा

मेरो प्रष्ट धारणा छ जुन कुरा आज मैले केन्द्रीय कमिटीको बैठकमा राखेको छु।

१. विधान संशोधन सम्बन्धमाः दुई कार्यकाल र ७० वर्षको हदम्याद हटाउन ठिक छ। यसको पुष्टि हो हरेक राजनीतिक निर्णय आवश्यकता र सापेक्षतामा निर्णय हुने गर्दछ। हाम्रो पार्टी अध्यक्ष केपी ओली लाई नै हेरेर यो निर्णय गरिएको हो। त्यसमा केही अप्ठ्यारो मान्नु पर्दैन। किनकि केपी ओली २४ घण्टामा १८ घण्टा होइन २० घण्टासम्म देश र पार्टीको लागि खट्न सक्नुहुन्छ। खटिरहनु भएको छ। जुन सर्वसाधारण व्यक्तिले गर्नै सक्दैन। २० वर्षको युवाले पनि त्यसरी खट्न सक्दैन। अद्भुत मान्छेको नाम हो केपी ओली।

२. आजको परिस्थितिमा हेर्दा केपी ओली र एमालेमाथिको घेराबन्दी राष्ट्रियतामाथिको घेराबन्दी हो। राष्ट्रिय विकास र समृद्धि समाप्त बनाउनको लागि गरिएको घेराबन्दी हो। हाम्रो देश नेपाललाई अस्थिरतामा लानको लागि गरिएको घेराबन्दी हो। किनकि केपी ओलीले गरेको चुच्चे नक्सा सार्वजनिक नाकाबन्दीको सामना विकास र समृद्धिको द्रुत गतिको विकास माथि भएको षड्यन्त्रलाई समाप्त बनाउन सक्ने फेस गर्न सक्ने एकमात्र राष्ट्रिय व्यक्तित्व र नेता केपी ओली हुन् यसकारणले हामीलाई केपी ओली अपरिहार्य छ। केपी ओली पार्टीको लागि मात्र होइन यो देशकै लागि अपरिहार्य नेता इतिहासकै बलिया नेता हुन्।

३. सम्माननीय महामहिम पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किन मिल्दैन। यो उहाँको व्यक्तिगत इच्छाले मात्र हुँदैन। यो राष्ट्रिय विधि र अनुशासनको विषय हो। राष्ट्रपति भन्ने पद गणतन्त्रको प्रतीक सेनाका परमाधिपति राजतन्त्रलाई हटाएर त्यो ठाउँ र ओहोदा गरिमा र सम्मान को प्रतीक भएको कारणले यो ओज र सम्मानका साथ उहाँ सधैं रहनुपर्दछ । छोटोमा समष्टि रूपमा यिनै कुराहरु मैले केन्द्रीय कमिटीको नवौ बैठकमा आफ्नो धारणा राखेको छु।