काठमाडौं । नेपाली कांग्रेस र माओवादीका सांसदले कुलिङ पिरियडकाबारेमा नेकपा एमालेलाई आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेका छन् ।
मंगलबारको राष्ट्रियसभा बैठकमा एमालेले कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर संशोधन प्रस्ताव राखेकोमा आफू अचम्मित भएको बताए ।
उनले कुलिङ पिरियड नै नराख्ने प्रस्तावको विरोध गर्दै बरु कुलिङ पिरियडको अवधि २ वर्ष नभएर ४ वर्ष राख्नुपर्ने बताए । उनले भने, ‘कुलिङ पिरियड अब २ को ठाउँमा ४ बनाउनुपर्छ । कुलिङ अफ पिरियडमा संशोधन हालेका सबैमान्यज्यूहरुको संशोधन अगाडि बढेन भनेर आज जसरी जनचासोको विषय बनेर बसेको छ । यो गम्भीर विषय हुनेछ । यसमा जुन मान्छेले दायाँ बायाँ गर्न खोज्छ ख्याल गरे हुन्छ २०८४ धेरै टाढा छैन ।’
उनले विधेयकमा संशोधन परेपनि राष्ट्रिय सभाले विवेकसम्मत निर्णय लिने बताए । उनले भने, ‘यो राष्ट्रियसभाले कुलिङ अफ पिरियडको विषय मात्रै होइन । सबै आउने विधेयकहरुमा ध्यानपूर्वक राष्ट्र, राष्ट्रियता र देश जनताको हितमा काम गर्छ ।’
नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले कुलिङ अफ पिरियडबारे पार्टीको धारणा स्पष्ट पार्न एमालेलाई आग्रह गरिन् । उनले भनिन्, ‘यही रोष्ट्रमबाट केही दिन अगाडि सूचना प्रविधि तथा सञ्चारमन्त्रीले निजामती विधेयक पेस गर्दा भन्नुभयो– भाइरस पस्यो । राष्ट्रिय सभाले ठीक गरिदिन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । तर आज उहाँकै दलले संशोधन किन हाल्यो ?’
निजामती विधेयकको कुलिङ अफ पिरियड नचाहिने भन्दै एमालेका पाँच सांसदले संशोधन प्रस्ताव हालेका छन् ।

प्रतिक्रिया