काठमाडौं । ६३औँ ‘इन्जिनियर दिवस’ का अवसरमा ‘रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर’ आयोजना गरिएको छ । इन्जिनियर भवन, पुल्चोकमा, ‘रक्तदान जीवनदान’ तथा ‘स्वस्थ रहौं, दीर्घायु बनौं’ भन्ने मूल नारा सहित इन्जिनियरहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले ‘रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर’ संचालन गरिएको हो ।
शिविरमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण, तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा सामान्य स्वास्थ्य परीक्षण, ईसीजी र इको जाँचको माध्यमबाट मुटु परीक्षण, अल्ट्रासोनोग्राफी, मधुमेह परीक्षण, रक्तचाप परीक्षण, स्त्रीरोग परीक्षण, आँखाको परीक्षण, नाक–कान–घाँटी परीक्षण गरिएको थियो ।
‘स्थानीय सामुदाय – इन्जिनियर समाज सहकार्य“ कार्यक्रमअन्तर्गत सम्पन्न कार्यक्रममा विभिन्न उमेर समूहका सर्वसाधारण, इन्जिनियरहरू तथा समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष सुभास चन्द्र बरालले गरेका थिए भने प्रमुख अतिथि सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष, अनिता लामिछाने (अर्याल) थिइन् ।
त्यस्तै विशेष अतिथि स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष कृष्णसिंह बस्नेत र अर्का विशेष अतिथि सशस्त्र प्रहरी अस्पतालका वरिष्ठ उपरीक्षक डा. मीना कुँवर थिइन् ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसनका तर्फबाट उपाध्यक्ष प्रकाश केसी, महासचिव विनोद प्रकाश पण्डित, कोषाध्यक्ष सुमन थापा, सदस्यहरु प्रियङ्का गुप्ता, यमेन्द्र गुरुङ, कृष्ण प्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत माधव अधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट उपाध्यक्ष, सचिव सहित अन्य सदस्य, सशस्त्र प्रहरी बल नेपाल, नम्बर २१ गण दक्षिणकालीका गणपति राजेश लामिछाने, सशस्त्र प्रहरी बल अस्पतालको विभिन्न विभागका वरिष्ठ डा. तथा प्राविधिकहरु, उपाध्यक्ष डा. रेखा श्रेष्ठ, सह–सचिव डा. भारत प्रधान, सदस्य डा. विष्णु गुप्त गौतम, समाजसेवी जयन्द्र कुमार लाकौल, सन्त शुभ दास, सन्त सात्विक दास, वरिष्ठ स्ट्रक्चरल इन्जिनियर गङ्गा बहादुर बस्नेत, उमाशंकर साह, प्राधिकरणका केन्द्र र प्रदेश कमिटीका पदाधिकारी तथा साधारण सदस्यहरु, कर्मचारीहरु रोशन श्रेष्ठ, अर्जुन सुवेदी, उज्ज्वल कार्की, स्थानीय निकाय तथा उच्च अदालतका कर्माचारीहरु, कविर मन्दिर झम्सिखेलबाट १०२ वर्षका बृद्ध आमाको साथै स्थानीय समुदायको बाक्लो उपस्थिति थियो ।
नेपाल इन्जिनियर्स एशोसिएसनको आयोजनामा भएको कार्यक्रमको संयोजन ई. रुपेन्द्र वर ध्वज थापा र सदस्य–सचिव ई. बिक्रम कुमार दास थिए । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य र नेपाल सशस्त्र प्रहरी बल अस्पतालको प्राविधिक सहयोग रहेको थियो । रक्तदान व्यवस्थापन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्रले गरेको थियो भने, कार्यक्रम स्थल व्यवस्थापन सशस्त्र प्रहरी बल नेपाल, नम्बर २१ गण, दक्षिणकालीद्वारा गरिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने (अर्याल) ले संघको सामाजिक उत्तरदायित्व र जिम्मेवारीलाई स्पष्ट पार्दै, नेपाल इन्जिनियर्स एशोसिएसन र सशस्त्र प्रहरी परिवार महिला संघबीचको सहकार्यले इन्जिनियर समाज हुँदै सिङ्गो राष्ट्रका सबै सरोकारवालासम्म पुग्ने वैज्ञानिक परिवर्तन र सहयोगको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।
उनले आगामी दिनमा यस्तै समाजमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरूलाई योजनाबद्ध ढंगले अघि बढाउन संघ सधैं इच्छुक र तत्पर रहेको पनि बताए ।
कार्यक्रमका विशेष अतिथि कृष्ण सिंह बस्नेतले रक्तदान एउटा परोपकारी, पवित्र र सामाजिक उत्तरदायित्वपूर्ण कार्य भएको बताए ।
नेपाल इन्जिनियर्स एशोसिएसनका सुवासचन्द्र बरालले संस्थाको विधानमा उल्लेखित उद्देश्यहरू प्राप्त गर्न विभिन्न कार्यक्षेत्रमा कार्य विभाजन गर्दै आवश्यक समितिहरू गठन गर्दै आएको जानकारी दिए ।
नेपाल इन्जिनियर्स एशोसिएसनले ‘Engineers and Artificial Intelligence Creating Impact’ भन्ने नाराका साथ २०६२ साल श्रावण २ र ३ गते आफ्नो बार्षिकोत्सव तथा ६३औं इन्जिनियर दिवस समारोह भव्यताका साथ मनाउँदै आएको छ ।


प्रतिक्रिया