काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न कोइराला चपलीस्थित भण्डारी निवास पुगेका थिए । भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
कोइरालालाई भण्डारीले आफू सक्रिय राजनीतिमा आइसकेको भन्दै आफूलाई नैतिक समर्थन गर्न आग्रह गरेकी थिइन् । भेटमा सहभागी एक नेताकाअनुसार भण्डारीले दल फरक भएपछि मुलुकमा मिलेर केही गरौं भन्ने प्रस्ताव कोइरालालाई गरेकी थिइन् ।
त्यस्तै कोइरालाले मुलुकमा भ्रष्टाचारले चरम रुप लिएको भन्दै सुशासनका पक्षमा बोल्न आग्रह गरेका थिए । कोइरालाले यसअघि बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया