काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले आज निजी विद्यालय बन्द गराएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकटको अखिल क्रान्तिकारीले गरेको आम शैक्षिक हडताल कारण विद्यालय र कलेज बन्द भएका हुन् । शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै क्रान्तिकारीले निजी विद्यालय बन्द गराएको हो ।
निःशुल्क शिक्षा, शिक्षामा भइरहेको निजीकरणको अन्त्य र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायत माग राखेर क्रान्तिकारीले विद्यालय बन्द गराएको हो ।
संविधानअनुरूप हरेक नागरिकले निःशुल्क शिक्षा पाउनु मौलिक अधिकार रहेको क्रान्तिकारीले बताएको छ । प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुने भन्दै क्रान्तिकारीले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया