रामवरण यादवले थिति बसाउन गरेको प्रयासलाई भण्डारीले उल्लंघन गर्नुभयोः प्रधानमन्त्री ओली


काठमाडैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीति गर्न लागेकोप्रति आपत्ति जनाएका छन् । वरिष्ठ पत्रकार विजय कुमारसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति बनिसकेको व्यक्ति दलको राजनीतिमा आउनु राम्रो नभएको बताएका हुन् ।

उनले यस विषयमा पूर्वराष्ट्रपतिले पार्टी र आफूसँग परामर्श नगरेको बताए । प्रधानमन्त्रीले भने, पार्टीको अध्यक्ष म छु, एमाले पार्टी छ, त्यहाँ कुनै परामर्श भएको छैन, कहाँ–कहाँ परामर्श गर्नुभयो थाहा भएन ।’

उनले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किने निर्णयले अहिलेको प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको बताए । उनले भने, ‘राष्ट्रपतिको गरिमा छोडेर दलविशेषको कार्यकर्ता हुन आउँदा के हुन्छ भनेर यी कुनै पनि विषयमा विचार विमर्श भएन ।’

उनले पूर्वराष्ट्रपति रामवरण यादवले थिति बसाउन गरेको प्रयासलाई भण्डारीले उल्लंघन गरेको बताए ।