काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन हुनुले नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको टिप्पणी गरेकी छन् ।
बिहीबार सामाजिक संजालमार्फत कोइरालाले भण्डारी सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको उल्लेख गर्दै कोइरालाले आगामी राजनीतिक यात्राका लागि शुभकामना समेत दिएकी छन् ।
उनले भनेकी छन्, ‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीजीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना ।’

प्रतिक्रिया