जेलमा रहेका १२० नेपालीलाई युएई सरकारले दियो आममाफी


काठमाडौं । संयुक्त अरब इमिरेट्सको जेलमा रहेका १२० जना नेपालीले आममाफी पाएका छन् । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–अदाहका अवसरमा युएई सरकारले विभिन्न कसुरहरुमा युएईको जेलमा रहेका १२० जना नेपालीहरुलाई बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको अबुधाबस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले आममाफी दिएकोमा युएई सरकारलाई धन्यवाद दिएको छ ।