शेयर बजारमा उच्च अंकको गिरावट


काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ । आज सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर झन्डै साढे ४ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन माई खोला हाइड्रोपावर र कुमारी बैंकको डिबेन्चर २०९० झन्डै ६ प्रतिशतले बढेको छ । आज ३२१ वटा कम्पनीका २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।