काठमाडौं । पिएसजीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे ।
खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे । दोस्रो हाफमा पिएसजीले गोलका लागि धेरै प्रयास गरे पनि त्यो सम्भव भएन ।
८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो। यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया