काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले नवराज सुवेदीलाई निर्वाचन आयोग नजान सुझाव दिएका छन् । चैत ४ गते राप्रपा परित्यागको घोषणा गरेका सुवेदी फेरि राप्रपा रहेको भन्दै निर्वाचन आयोगमा जान लागेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई मनोनीत गरेपछि राप्रपामा अहिले विवाद बढेको छ ।
प्रवक्ता श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्, ‘आदरणीय नवराज सुवेदी बा, सार्वजनिक रुपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे ! लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तराद्र्धमा इमान नछाड्नोस् ! तपाई राप्रपामा फेरि सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है !’

प्रतिक्रिया