काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आगामी आर्थिक वर्षकोे बजेट ल्याउँदैछ । शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आज दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ ।
शुक्रबारै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोडको बजेट ल्याउने निर्णय गरेको थियो ।
बैठकमा मेयर बालेन साहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।
देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समयमै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन ।

प्रतिक्रिया