काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको अध्यक्ष हुने गरी सक्रिय राजनीतिमा फर्किएको बताएकी छन् । इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा भण्डारीले एमाले नेतृत्व फेरिने विश्वास गरेकी हुन् ।
उनले आफू एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेर नै सक्रिय राजनीतिमा आएको बताइन् । त्यसरी आफ्नो चाहना र धारणा राख्दा ओलीले हार्दिकतापूर्वक लिएको उनले बताइन् ।
उनले आफू प्रधानमन्त्रीको लागि पनि खुला रहेको बताइन् । समयले कहिले कुन जिम्मेवारी लिँदा राम्रो हुन्छ त्यहीअनुसार अघि बढ्ने उनको भनाई थियो । विगतमा पनि ओली र झलनाथ खनाल, ओली र माधव नेपालबीच प्रतिस्पर्धा भएको अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा हुन सक्ने बताइन् ।

प्रतिक्रिया