महानगरपालिकाको कार्यपालिका बैठक बस्दै


काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । महानगरमा लामो समयदेखि कार्यपालिकाको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन साहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

आज बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ ।