भ्रष्टाचार अभियोगमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की सेवाबाट बर्खास्त


काठमाडौँ । सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको अभियोगमा सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गरेको छ ।

सैनिक अदालतले बिहीबार  कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई भविष्यमा सरकार सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला गरेको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन् ।

अदालतले अपचलन भएको रकमसमेत दुवै जनाबाट असुलउपर गर्ने फैसला सुनाएको छ । सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको थियो ।