एएफसी महिला एसियन कप छनोटः श्रीलङ्का विरुद्धको खेलमा नेपालको ७-० को अग्रता


काठमाडौँ । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले ७–० गोलको अग्रता लिएको छ ।

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा रङ्गशालामा जारी खेलको मध्यान्तरसम्म नेपालले श्रीलङ्कामाथि ७–० गोलको अग्रता लिएको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन् । त्यस्तै, नेपालकी अर्की गीता रानाले नेपालका लागि एक गोल थपिन् । खेलको सुरूआतमा नै नेपालले पहिलो अग्रता लियो ।

खेलको सातौँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् । त्यसैगरी, खेलका खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो । जसमा सावित्राले गोल गरिन् । त्यसपछि खेलको ४२औँ मिनेटमा सावित्राले फ्रि–किकमाफर्त टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन् ।

त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा सावित्राले गोल गर्दै टोलीलाई ७–० गोलको अग्रता दिलाइन् । नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । यता श्रीलङ्का भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो ।