काठमाडौं । संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागिसमेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ। राष्ट्रपतिको कार्यालयले बुधबार विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया