अब इजरायल र इरान एवं मध्यपूर्वका मुलुकहरुमा पूर्ववतरुपमा यात्रा गर्न पाइने


काठमाडौं । इरान र इजरायलबीच युद्धविराम भएसँगै मध्यपूर्वका अन्य मुलुकहरूका पहिलाको जस्तै यात्रा गर्न सकिने भएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरूको पालना गरी पूर्ववत रुपमा ती मूलुकहरूको यात्रा गर्न सकिने जानकारी दिएको हो ।

इजरायल र इरानबीचको द्वन्द्वका कारण सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरू तथा नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुकहरूको भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई लक्षित गरी यही असार ४ गते यात्रा सम्बन्धी जानकारी (ट्राभल एड्भाइजरी) जारी गरेको थियो ।

तर इजरायल र इरानबीच विद्यमान द्वन्द्व असार ९ देखि युद्धविराम भएपश्चात अन्त्य भएको र हाल त्यहाँ क्रमशः शान्ति बहाली भई जनजीवन सामान्यतर्फ उन्मुख हुँदै विज्ञप्तिमा उल्लेख छ ।