काठमाडौंको दरबारमार्गस्थित निर्माणाधीन घरबाट खसेर दुई मजदूरको मृत्यु


काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित निर्माणाधीन घरको चौथो तलाबाट खसेर दुई जना मजदूरको मृत्यु भएको छ ।

सोमबार साँझ काठमाडौं महानगरपालिका– १ दरबारमार्गस्थित हिटीपोखरी नजिक निमार्णाधीन घरको चौथो तलाबाट खसेर उनीहरुको मृत्यु भएको हो ।

घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएर कैलालीका प्रदेशी चौधरी र बर्दियाका विशाल चौधरी खसेका थिए ।

उनीहरूलाई उपचारको लागि वीर अस्पताल लगिएकोमा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।