काठमाडौं । मुगुमा फेरि भूकम्प गएको छ । सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया