रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि अझै प्रयत्न गरिराखेको छुः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले रास्वपाका साथीहरुले एकदिन सबै कुरा बुझ्ने बताए । उनले भने, ‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं । अझै गरिराखेको छु। रास्वपाका साथीहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ।’

उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए।