आलमलाई सफाइ दिने न्यायाधीशमाथि यसरी छ्यापियो मसी(भिडियो)


काठमाडौँ । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतका कार्यकर्ताले कालो मसी छ्यापेका छन् ।

बिहीबार न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले थारुलाई कालो मसी छ्यापेका हुन् ।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।