काठमाडौं । जेठ २६ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकका निर्णय सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका छन् ।
बैठकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल सरकारले नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहमा डा. केशर बहादुर ढकाल र अतिरिक्त स्वास्थ्य सचिव पदमा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गरेको पनि उनले जानकारी गराए ।


प्रतिक्रिया