सरकारको तीन करोडको लागतमा यस्तो बन्नेछ तरुण दलको कार्यालय भवन


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले ३ करोड बजेट विनियोजन गरेको छ । मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा ३ करोड बजेट छुट्याएको हो । तर यो तरुण दलको भवन भएको दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन् ।

बजेट विनियोजन गरेकामा उनले पार्टीका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं सहकारी विकासमन्त्री सिंहलाई धन्यवाद दिएका छन् ।