काठमाडौं । शुक्रबारदेखि नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमार्फत पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमाको प्रतिक्रिया पाएको यो चलचित्रलाई शुक्रबारदेखि नै प्रदर्शकले उत्साहजनक शो दिएका छन् ।
निर्देशक सिमोस सुनुवारले विषयसँग मिल्दो शीर्षक र नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञासु बनाउने बताए । सिनेमामा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया