रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको बताएका छन् ।
पतन्जलि प्रकरणमा मुद्दा दर्ता भएपछि रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका हुन् ।
पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने आफूले कल्पना पनि नगरेको भन्दै अध्यक्ष नेपालले कसले लुपहोल राखेको भए आफूलाई जानकारी नभएको बताए ।
उनले एमाले अध्यक्ष केपी ओली सुरुदेखि नै मेराविरुद्धमा लागेको र अहिले त्यसैको परिणाम मुद्दा दर्ता भएको बताए ।
उनले भने, ‘मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । ओलीको निर्देशनमा मुद्दा दर्ता गरिएको हो ।’
उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

प्रतिक्रिया