काठमाडौं । कलाकार घनश्याम गौतमको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका गोतमको गएराति निधन भएको परिवारले जनाएको छ ।
उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए । ‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।

प्रतिक्रिया