काठमाडौंको दरबारमार्गलाई निषेधित क्षेत्र घोषणा


काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंको दरबारमार्गमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले शनिबारदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।