काठमाडौं । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले बिहीबार दिउँसो २ बजेपछि शान्तिबाटिकामा कार्यक्रम गर्न स्थान तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिउँसो २ बजेपछि प्रदर्शन गर्नेगरी समय उपलब्ध गराएको हो ।
राप्रपाका प्रवक्ता सगुन लावतीले साढे १ बजेसम्म राजधानीका विभिन्न स्थानबाट रयाली निकालिने र त्यसपछि शान्तिबाटिकामा भेला भई शान्तिपूर्ण प्रदर्शन सुरु गरिने जानकारी दिए ।
राजावादी समूहले वर्तमान राजनीतिक व्यवस्थालाई चुनौती दिँदै बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन गर्न लागेको हो।

प्रतिक्रिया