काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणलाई सशक्त रुपमा उठाउने भएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा जेठ १३ को बैठकमा गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘यही जेठ १३ गते हुने प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री र भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश ब्रजाचार्यले घुस लिएको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नेछ।’

प्रतिक्रिया