काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जेल पुर्याउने रोशनी शाही मृत फेला परेकी छनन् । महराालई बलात्कार आरोप लगाउँदै जेल पुर्याउने शाही आइतबार मृत फेला परेकी हुन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् ।
बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । २०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।
घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए । पुपक्षका लागि थुनामा गएका महरालाई पछि जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो ।

प्रतिक्रिया