काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका साथ नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेका छन् ।
शनिबार साँझ मन्दिरमा पूजाअर्चनाका लागि पूर्वराजा शाहसहित पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाह पुगेका थिए ।
यो मन्दिर नारायणहिटी दरबार परिसरसँगै जोडिएको छ । यो मन्दिर राजपरिवारका सदस्यहरूको नियमित दर्शन तथा पूजाअर्चना हुने धाम मानिन्छ ।
तस्बिरः नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङको फेसबुकबाट


प्रतिक्रिया