काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज हङकङविरुद्ध पहिलो खेल खेल्दैछ । आईसीसी ट्वान्टी–२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज हङकङविरुद्ध पहिलो खेल खेल्न लागेको हो ।
भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको टोलीले आज बिहान ८ः१५ बजे हङ्गकङसँग पहिलो खेल खेल्दैछ। विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदै छ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दोस्रो खेल भोलि बहराइनसँग खेल्नेछ ।

प्रतिक्रिया