‘कुमारीपाटी जावलाखेल सडक महोत्सव’ सुरु हुँदै


ललितपुर । ललितपुरको जावलाखेलमा आजदेखि सडक महोत्सव सुरु हुँदैछ । ललितपुरको कुमारीमा ‘कुमारीपाटी जावलाखेल सडक महोत्सव’ सुरु हुन लागेको हो । महोत्सव भोलिसम्म चल्नेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकारका स्टल रहने आयोजकले बताएको छ ।