तिनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय


काठमाडौं । सरकारले काठमाडौंको तिनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।

पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो ।