बाबुराम भट्टराईको प्रश्नः देश अब पशुपतिनाथकै भरपर्ने हो?


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेका सम्बोधनप्रति असन्तुष्टि जनाएका छन् । ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्रीको सम्बोधनलाई कोरोना भाइरस र भोक भाइरसको डँढेलेमा फसिसकेको अवस्थामा सरकार भने कुवा खन्दै गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

भट्टराईले लेखेका छन्, ‘आग लाग्यो झोपडी दश घड़ी भद्रा भने झैं देश कोरोना भाइरस र भोक भाइरसको डँढेलोमा फसिसकेको छ । विदेशमा लाखौं श्रमिक अलपत्र छन् तर प्रमको टिभी आश्वासन चाहिं छिटै कुवा खनिदैछ रे!उल्टै गैरजिम्मेदार तत्वले भ्रम छरेका रे ! न आफू जान्नु छ न अर्काले भनेको मान्नु छ ! देश अब पशुपतिनाथकै भरपर्ने हो?’