काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश सिंहले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार राति सामाजिक संजालमार्फत सिंहले धान रोपाईँको समयमा किसानल रासायनिक मला नपाएको, उखु किसानले बक्यौता नपाएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले अघिल्लो सरकार र अहिलेको सरकारमा के अन्तर भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘धान रोपाईँको समय नजिकिदै जादा अन्नपूर्ण चिनी मिल (धन्कौल सर्लाही )र महालक्ष्मी चिनी मिल (बग्दह सर्लाही )ले किसानको बक्यौता रकम दिन सकेको छैन । मलको अभाव, सिँचाईको अभाव त्यसमाथि भुक्तानी नदिँदा किसानमा थप पीडा थपिएको छ। छोराछोरीको शिक्षादेखि घरखर्च समेत जुटाउन कठिनाइ भएको छ । मधेशको थुप्रै ठाउँ सुख्खाग्रस्त घोषणा भएपनि त्यहाँ सिँचाईँको व्यवस्था हुन सकेको छैन । के किसानले आफ्नो रकम पाउन माइतीघरमा बस्नै पर्नेहो ? हो भने अहिलेको सरकार र पहिलेको सरकारमा के अन्तर ?’

प्रतिक्रिया