सानदार मःम पसलमा सिलिन्डर विस्फोटमा घाइते थप एकको मृत्यु, सातको अवस्था गम्भीर


काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका थप एक जनाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ ।

अभियन्ता उज्ज्वलविक्रम थापाले शुक्रबार घाइते थप एक जनाको मृत्यु भएको जानकारी दिएका छन् । अन्य आठ जनाको स्वास्थ्य अवस्था पनि जटिल रहेको उनले बताएका छन् । माघ २४ गते मःम पसलमा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।

घाइते मध्ये दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ । घाइतेहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।