काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले अध्यादेश जारी गरेको प्रति आपत्ति जनाएको छ । आइतबार अध्यक्ष मदनकृष्ण शर्माले विज्ञप्ति जारी गरी अध्यादेशले सुशासन प्रवद्र्धनलाई अवमूल्यन गरेको बताएका हुन् ।
उनले आवश्यक ऐन नियम सार्वभौम संसदबाट बनाउन समेत आग्रह गरेका छन् । सरकारले संसद छलेर विभिन्न ६ वटा अध्यादेश ल्याएको छ । त्यसको संसदमा रहेका प्रतिपक्षी दलहरुले विरोध गरेका छन् ।


प्रतिक्रिया