मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा चौथौ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप २०८१ सञ्चालन हुने भएको छ ।
विराट भेट्रान क्लबद्वारा आयोजनामा यही माघ १९ देखि २६ गतेसम्म नगरको सुकुना खेलमैदानमा गोल्डकप आयोजना हुने सोमबार आयोतित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा नेपालका आठ तथा भारतका दुई गरी १० भेट्रान टोलीको सहभागिता रहने खेल संयोजक युवेन गुरुङले जानकारी दिए ।
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपमा प्रथम पुरस्कार एक लाख एक हजार एक सय ११ तथा दोस्रो हुनेले ५० हजार पाँच सय ५५ तथा विभिन्न विधागत पुरस्कार ट्रफी र मेडल रहेको आयोजक क्लबका अध्यक्ष दीपक भण्डारीले जानकारी दिए । उनले सहभागी खेलाडीको उमेर कम्तीमा ४० वर्ष हुनुपर्ने उल्लेख गरे ।
गोल्डकप प्रतियोगितामा एनआरसी भेट्रान सिक्किम (भारत), दुधे भेट्रान झापा, मिल्स भेट्रान विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी, विराट भेट्रान आयोजकको सहभागिता रहने बताइएको छ । साथै उर्लाबारी भेट्रान, घुम दार्जिलिङ भारत, राजारानी भेट्रान धनकुटा तथा पूर्वेली भेट्रान बिर्तामोड झापालगायत गोल्डकपको खेलमैदानमा प्रतिस्पर्धा गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया