भ्यालेटा । स्विट्जरल्याण्डले सन् २०२६ मा युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिइ) को अध्यक्षता सम्हाल्ने छ ।
ओएससिइमा सहभागी ५७ राज्यहरू बीच सर्वसम्मतिले यो निर्णय लिइएको थियो ।
स्विट्जरल्याण्डका उपप्रधानमन्त्री तथा विदेश मामिला तथा पर्यटनमन्त्री इयान बोर्गले भने, “स्विजरल्याण्डको नेतृत्वले यी चुनौतीपूर्ण समयमा ओएससीईको नेतृत्व गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”
सन् १९७५ मा स्थापना भएको र भियनामा मुख्यालय रहेको ओएससिइ विश्वको सबैभन्दा ठूलो सुरक्षा–उन्मुख अन्तरसरकारी सङ्गठन हो, जसमा युरोप, उत्तर र मध्य एशिया र उत्तर अमेरिकाका ५७ सहभागी राज्यहरू समावेश छन् ।

प्रतिक्रिया