व्यवसायी र श्रमिकको हितका लागि केही पुनःस्थापना प्याकेजहरु अगाडि सार्छौं : पर्यटनमन्त्री भट्टराई


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका छन् । बिहीबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले कोरोना भाइरस रोकथामका लागि लकडाउन लागू गरिएपछि होटल संघ नेपाल (हान)ले होटल बन्द गर्ने र कर्मचारीलाई केही प्रतिशत रकम पारिश्रमिक दिने निर्णय गरेको भन्दै कसैले पनि श्रमिकलाई कामबाट हटाउन नपाउने बताएका हुन् ।

उनले कोरोना भाइरस प्रभावलाई कम गर्नका लागि व्यवसायीहरु र श्रमिकहरुको हितमा केही पुनःस्थापना प्याकेजहरु अगाडि सार्ने सोचका साथ मन्त्रालय अगाडि बढेको बताए । मन्त्रालयले निश्चित रकमसम्म व्यवसाय सुचारु गर्नका लागि विना धितो सहुलियत दरको कर्जा उपलब्ध गराउने, पुरानो ऋणको पुनरतालिकिकरण गर्ने तथा कर छुट दिने लगायतका विषयमा सहयोग गर्ने उनले बताए ।

उनले २०२० स्थगित भइसकेको अवस्थामा सन २०२१ देखि २०३० सम्मलाई पर्यटन दशकको रुपमा मनाउने गरी घोषणा गरिने समेत बताए ।